३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पर्वत समाजबाट राजधानीमा रक्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न (भिडियोसहित)



पर्वत जिल्लाबाट राजधानीमा आई विभिन्न पेशा व्यवसाय गरी बस्नेहरुले राजधानीमा पर्वत समाज गठन गरेका छन् । पर्वत समाजले आफ्नो संस्था स्थापनाको सुरुवाती चरणमा मानिसलाई अत्यावश्यक पर्ने रगतको अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी प्रर्दशनी माग काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा पर्वत जिल्लाका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

समाजले आगामी दिनमा शहर गाउँलाई समन्वय गरी उत्पादन, रोजगारी, बजारीकरण जस्ता क्षेत्रमा काम गर्ने पर्वत समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो । समाजमा पर्वतका सातै पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

रक्तदान तथा भेटघाट कार्यक्रममा करिव डेढ सय व्यक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ७ : ३९ बजे