नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो ।
नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्टोप्स सेन्टर पुतलीसडकमा उक्त जाँच गराएको थियो । विशेषगरी विवाहित महिलाहरुमा उच्च जोखिम रहने हुँदा पाठेघरको क्यान्सरसँग सम्बन्धीत परीक्षण गराइएको हो । उक्त एचपीभी डीएनए परिक्षणमा नाफिजका २६ महिलाहरु सहभागी भएका थिए ।
पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौं महिलाहरू प्रभावित हुने गरेका छन् । नेपालमा समेत यो स्वास्थ्य समस्याको जोखिम वर्षेनी बढ्दै गइरहेको छ । नाफिजले यही तथ्यलाई मध्यनजर गर्दै आफ्ना सदस्यहरुको परिक्षण गरेको नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन् ।
परिक्षणबाट २६ जना महिला सदस्य लाभान्वित बनेको उनको भनाई छ । ‘नाफिजमा आवद्ध सदस्यहरुको स्वास्थ्य अवस्थालाई ख्यालमा राख्दै परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘यो परिक्षणले समयमा नै रोगको पहिचान गर्न र उपचार गर्न सदस्यहरुलाई सघाउने छ ।’
प्रतिक्रिया