८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नयाँ हाकिम आउँदा अध्यक्ष हाजिरी कापी बोकेर टाप !



हरिहरपुरगढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई पालिका पुगेपछि पालिका अध्यक्ष नेतृत्वको समूहले हाजिरी गर्न नदिने प्रयास गरेको छ। राई कार्यकक्षमा प्रवेश गरिसकेपछि हाजिरी गराउन खोज्दा पुरानो हाजिरी रजिस्टार लुकाइएको थियो। रजिस्टार फेला नपरेपछि उपाध्यक्षको रोहबरमा उपस्थित सम्पूर्ण कर्मचारीको साक्षीमा नयाँ हाजिरी रजिस्टार खडा गरी हाजिरी गराइएको हो।

यस क्रममा प्रमुख प्रशासकीय अधिकृतको रमाना पत्र र सरुवा पत्र दर्ता गर्ने कार्यमा पनि अध्यक्ष पक्षले अवरोध गरेको बताइएको छ। प्रमुख प्रशासकीय अधिकृतको रमाना पत्र र सरुवा पत्र दर्ता गर्ने क्रममा अध्यक्षले थुती दर्ता नगराउन उद्देश्यले आफुसङ्ग राखेको र केही विकल्प नलागेपछि दर्ता चलानीमा काम गर्ने कर्मचारीहरुलाई भगाएको स्रोत बताउँछ ।दर्ता गर्ने कर्मचारीहरू भागेपछि कम्प्युटरको पासवर्ड पत्ता लगाएर पत्र दर्ता गरिएको थियो । हाजिरी र दर्ता भएको आधारमा अध्यक्ष समूहले धम्कीसमेत दिइरहेको स्रोतले जनाएको छ।

यसअघि अघिल्लो महिना मन्त्रालयले खटाएकी प्रमुख प्रशासकीय अधिकृत दिपशीखा आलेलाई पनि लबिङमार्फत पालिकामा प्रवेश गर्न रोकेर अन्त सरुवा गरिएको थियो। हाल गाउँपालिकामा अध्यक्ष समूहकै प्रभावमा स्वास्थ्य शाखाका कर्मचारी दिपेन्द्र कुमार पैकारलाई निमित्त प्रमुख बनाएर कामकाज गराइँदै आएको छ। पैकारले अध्यक्ष समूहको निर्देशनअनुसार हिसाब मिलान गर्ने भएकाले नै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने गरिएको स्रोतको भनाइ छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ०४ बजे