१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अधिकृत र सहायक गरी ९० कर्मचारी सरकारी कर्मचारी आवश्यक



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरि ९० जनाका लागि दरखास्त आह्वान गरेको छ।

विभागले आज सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

विभाग तथा अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेको राजपत्रांकित तृतिय श्रेणी र राजपत्रांकित द्वितिय श्रेणी सरहका पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।

राजपत्रांकित तृतिय श्रेणी सरहको पदमा अनुसन्धान अधिकृत ४० जना र राजपत्रांकित द्वितिय श्रेणी सरहको अनुसन्धान सहायकमा ५० जनाको लागि विभागले दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज १२ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुरमा असोज १९ गतेसम्म पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ११ : ११ बजे