२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


जिमिरे मन्दिरमा बाघको शालिक बनाउने अभियान तिव्र



पर्वत जिल्ला फलेवास नगरपालिका वडा नम्बर ३ र ५ चितिपानी स्थिति जिमिरे भगवती मन्दिर परिषर् भित्र बाघको प्रतिमा÷शालिक निर्माण गर्ने अभियान थालिएको छ । तिहारको अवसरमा चितिपानी खोलाखेतबाट देउसी भैलो कार्यक्रमबाट सुरु भएको अभियानले तिव्रता पाएको हो । चितिपानी खोलाखेतका जागरुप सिर्जनशील जेनजी समूहले सुरु गरेको देउसी भैलो अभियानलाई विस्तार गरी बाघको सालिक निर्माणमा जुटेका हुन ।

अभियानमा हालसम्म स्वदेश तथा विदेशबाट ८० जना भन्दा बढिले तीन लाख बढि रकम जम्मा भएको अभियानका संयोजक सागर पौडेलले बताए । संयोजक पौडेलले सताब्दियांै पुराना शक्तिपिठमा हालसम्म पनि बाघको प्रतिमा नभएकाले मन्दिर क्षेत्रमा जनस्तरबाटै सहयोग जुटाएर काम गर्न लागिएको बताउँछन् ।


आर्थिक संकलन अभियानलाई तिव्रता बनाइएको भन्दै बाघको शालिक/प्रतिमा निर्माण अभियानका कोषाध्यक्ष सन्तोष पौडेलले यस मन्दिर प्रति विश्वास राख्ने आस्थावान सम्पूर्ण भक्तजनहरुबाट सहयोगको अपेक्षा गरिएको बताए । पौडेलले अभियानलाई सार्थक बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरेका छन् । कोषाध्यक्ष पौडेलले जिमिरे भगवती मन्दिरको आधिकारीक फेसबुक पेजमा रहेको नविल बैंक लिमिटेडको खातामा वा क्युआर कोर्ड मार्फत वा अभियानमा जोडिएका सदस्यहरुलाई प्रत्यक्ष भेटेर आर्थिक सहयोग गर्न सकिने बताउँछन् । पौडेलले बाघको प्रतिमा पदस्थापनका लागि करिव ७/८ लाख रुयैयाँ अनुमानित खर्च लाग्ने भन्दै सबैलाई सक्दो सहयोगका लागि आग्रह गरेका हुन ।


मन्दिरमा चैते दशैंसम्ममा बाघको शालिक÷प्रतिमा पदस्थापन गरिसकिने लक्षय लिइएको छ ।
पर्वतकी जिमिरे भगवती र बाग्लङ कालीका भगवती दिदी बहिनी हुन । बाग्लुङ भगवतीको दिदी मालिका भगवती र बहिनी जिमिरे भगवती रहेको विश्वास छ । दुई देविका बारेको सम्बन्छ यस्तो छ ।https://www.youtube.com/watch?v=joaPvBCz2h8

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  १० : ५० बजे