सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना साउनदेखि पुससम्ममा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९र८० को पहिलो छ महिनामा तीन लाख ९८ हजार…