अबदेखि भाटभटेनी सुपरमार्केट प्रालि र बिगमार्ट प्रालिले अरुले उत्पादन गरेका वस्तुमा आफ्नो लेबल लगाउन नपाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुवै स्टोरहरुलाई सो निर्देशन दिएको हो। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा…