काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरे । कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरेका…