भारतको गुवाहाटीमा हुने “डुरान्ड कप प्रतियोगिता–२०२३” फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान गरेको छ । भारतीय सेनाको आयोजनामा श्रावण ८ गतेदेखि भाद्र १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । सो क्रममा त्रिभुवन आर्मी क्लबले भारतको ए लेवलका फुटबल क्लबहरु दिल्ली एफसीसँग ९ अगष्ट, चेन्नाई…