परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो । भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको मन्त्री पौड्यालले बताउनुभयो । उहाँले भेटमा कनेक्टीभटीअन्तर्गत हवाई यात्राको कनेक्टिभिटी विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । मन्त्री पौड्यालले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रूपमा…