काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आजदेखि तीन दिनसम्म नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू र बबई तथा पश्चिम राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सावधानी…