पञ्चपुरी नगरपालिका– ६ कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या आरोपमा उनकै बाबु ४५ वर्षीय नयाँराम बुढा पक्राउ परेका छन् । बुढालाई कैलाली टीकापुर नगरपालिका– १ लम्कीपुरबाट प्रहरीले पक्राउ गरेको हो । बुढा बिहीबार बिहान १० बजे लम्कीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ…