उपचारमा लापरबाहीको भएकोले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले दमौली स्थित रत्नहरी अस्पताल को तालाबन्दी गरिदिएका छन् । डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएपछि आइतबार साँझ तालाबन्दी गरिदिएका हुन् । व्यास नगरपालिका–१० दुम्सी निवासी शर्माको शनिवार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।…