प्रज्ञा भवनमा शनिबार आठौं वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पर्या साहित्यिक कार्यपत्र प्रस्तुति, ४ वटा कृतिको विमोचन, पुरस्कार वितरण र कविता वाचनलगायत भएको आयोजकले जनाएको छ । कार्यक्रममा पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट (अंग्रेजी संस्करण)को विमोचन गरिएको छ भने उपस्थित साहित्यकारहरुले पुस्तकमाथि समीक्षासमेत गरेका थिए ।…