टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी छन् । राष्ट्रपतिको कार्यालयमा ‘१०१८’ दर्ता नम्बर लिएर निवेदन दर्ता गराएको बोहराले बताइन् । राष्ट्रपतिको कार्यालयमा बुझाएको निवेदनमा बोहराले रेशम चौधरीो कैद माफी मिनाहा नगर्न आग्रह गरेकी छन् । ‘रेशम चौधरीको आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ’…