सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरो जाँदा एक जना घाइते भएको र चार जना पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ । चार जना केही घण्टादेखि नै बेपत्ता भएकाले उनीहरू पुरिएको हुनसक्ने आकलन गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले दिउँसो १ बजेतिर हिमपहिरोमा यार्चा संकलकहरु परेको जानकारी आएको र…