सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री…