राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज बुधबार सबैजना महिला चालक दलका सदस्यले उडाएका छन्। दुईजना महिला विमान चालक पाइलटले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो। पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका छन्।…