काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ८४ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा हल्दीबारी गाउँपालिका-१ बस्ने २३ वर्षीय केवल कार्की र गौरादह नगरपालिका-१ बस्ने २३ वर्षीय दुर्गाराज राजबंशी रहेका छन् । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बा.प्र.०१-००६ ख ४५८८…