काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा दुर्घटना भएकोमा चिन्ता व्यक्त गरेका छन्। ओलीले सामाजिक सन्जालबाट दुर्घटनाबाट ज्यान गुमाएका भारतीय परिवार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना दिएका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन, ‘भारतीय नागरिकहरुले यात्रा गरिरहेको बस पोखराबाट काठमाडौं आउने क्रममा आबु खैरेनीमा दुर्घटना हुँदा २७ जना भारतीय…