भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद १० लाख रुपिँयासहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ । नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी सो क्षेत्रमा आवश्यक सहयोग पठाउने निर्णय भएको हो । नगर प्रमुख खाणले भूकम्पले…