प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहनुभएका अध्यक्ष ओलीबीच बुधबार बिहान बालकोटमा भएको भेटमा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारलगायतका विषयमा छलफल गर्ने सहमति भएको हो । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै…