प्रमुख तीन दलका प्रमुख नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा भेटवार्ता जारी रहेको जानकारी प्रधानमन्त्रीका…