काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले महामन्त्री डा. मुकुल ढकालमाथि कारबाहीका विषयमा आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ । हिजो बसेको सचिवालय बैठकमा अनुशासन समितिका संयोजक डा. भरत देवकोटाले प्रतिवेदन बुझाएका हुन् । गत मंगलबार बसेको रास्वपा केन्द्रीय समिति वैठकले अनुशासन उल्लंघनको आरोपमा महामन्त्री डा. ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय लिएको थियो ।…