अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अर्थमन्त्री डा महतले भन्नुभयो, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ…