काठमाडौँ, असोज ६ गते। गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन्। प्रहरीले आइतबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई नियन्त्रणमा लिएको छ। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको देखिएको भन्दै…