चितवन, १ साउन २०८१। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। उनीहरु दुवैको शव घटनास्थल भन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन्। काठमाडौंबाट गौरतर्फ…