काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा परिसर जलमग्न बनेको छ । भारी वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो । सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ । छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ । भवन परिसरमा जमेको पानी हटाउन दुइवटा मोटर प्रयोग गरिएको…