हेटौँडा, असार २४ गते । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनुभएका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहित वन तथा वातावरणमन्त्री केशवप्रसाद…