काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ । आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो । हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट आगलागी भएको बताइएको छ । उद्योगमा भएको आगलागी नियन्त्रण लिन दमकल नपुगेको स्थानीयले बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिको दमकल समेत नपुगेको जनाइएको छ ।