मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपियाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैङ्कको भवन खोतल्दा प्रभु बैङ्कको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको पनि एक करोड पाँच लाख ३२ हजार नौ…