नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पोखरा महानगरमा लगाएको ताला खोलिएको छ । गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै उनीहरुले आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । नगरसभा चाहिँ एमालेले बहिष्कार गरेपछि स्थगित गरिएको हो । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थितिमा भएको…