बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बिज्ञान र प्रविधिकाे जमानामा प्रहरीहरुले पनि साेही अनुरुप अन्तराष्ट्रिय तहकाे बिज्ञान प्रविधिकाे प्रयाेग गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । आज शुक्रबार मकवानपुरकाे पदमपाेखरी प्रहरी चौकीकाे उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने…