महाशिवरात्रिका अवसरमा २४ घन्टामा सात लाख भक्तजनले पशुपति दर्शन गरेको बताइएको छ । पशुपति क्षेत्र विकास कोषले ३० लाख भक्तजनले दर्शन गर्ने अनुमान राखे पनि शनिबार बिहान तीन बजेदेखि आइतबार बिहानसम्म सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् । शिवरात्रिका अवसरमा भक्तजनको अत्यधिक चाप भएकाले बाहिरी लाइन पाँचवटा बनाइएको थियो । धेरैवटा लाइन बनाइएकाले दर्शनार्थीलाई सहज भएको कोषका…