असोज १ गते । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज सङ्क्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाइँदै आएको छ । राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको दिनको सम्झनामा भाद्र सङ्क्रान्तिका दिनमा लिंगो ठड्याई बारिएको बन्ढुनी अर्थात् बुढीलाई असोज सङ्क्रान्तिको बेलुकी, राती पोलेर बन्ढुनी पर्व…