जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ । ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो । जितका लागि यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रन जोड्दै…