चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ । एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई भने…