काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन्। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबिच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ। साथै भारतका…